Kathmandu Press

अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री

अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री

काठमाडौं, मंसिर २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधारका लागि नयाँ घोषणाको तयारीमा रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्।

Hardik ivf

‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन सकेको छैन,’ उनले भने, ‘यसका लागि अझै मिहिनेत गर्नुपर्ने छ । अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोयष गर्ने तयारी गरिरहेको छु।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे।

‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले गरेका छन् त्यसबाट देशले कहिले प्रगती गर्दैन्। त्यो ओरालो यात्रा मात्रै हुनेछ। आशा उत्पन्न गर्नु आजको एउटा चुनौती पूर्ण दायित्व पनि भएको महशुस गरेको छु,’ उनले भने।

उनले व्यवसायीक जिम्मेवारीबाट माथि उठेर काम गर्न लगानीकर्तालाई आग्रह गरे। नेपालभित्र भएका व्यवसायीहरुले एउटा जिम्मेवार व्यवसायको मात्रै कुरा नगरेर यो जिम्मेवारीबोध व्यवसाय, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा जिम्मेवारीबोधको अनुभूती गराउनु आजको आवश्यकता भएको उनले बताए।

 

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्