Kathmandu Press

सेनाका उपरथी सिग्देल रथीमा बढुवा

सिग्देल रथीमा बढुवा भएसँगै आगामी भदौदेखि प्रधान सेनापति बन्ने भएका छन्।
सेनाका उपरथी सिग्देल रथीमा बढुवा

काठमाडौं, मंसिर २१ : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ।

गत मंसिर १७ गते रथीमा बढुवाका लागि नेपाली सेनाले सिग्देललाई सिफारिस गरेको थियो। सिग्देल रथीमा बढुवा भएसँगै आगामी भदौदेखि प्रधान सेनापति बन्ने भएका छन्।

प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौमा अवकाश हुँदैछन् । मन्त्रिपरिषद् बैठकले सहायक रथी सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

 

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्