सर्वोच्चको न्यायाधीशमा सिफारिस हुने ६ जनाकाे सुनुवाई मंसिर २७, २८ र २९ गते हुने
गत ५ मंसिरमा बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो।
काठमाडौं, मंसिर २१ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरुको यही मंसिर २७, २८ र २९ गते सुनुवाइ हुने भएको छ।
संसदीय सुनुवाइ विशेष समितिको बिहीबार बसेको बैठकले न्यायाधीशमा सिफारिस ६ जनाको सुनुवाइ तय गरेको हो।
गत ५ मंसिरमा बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो।
सिफारिस गरिएका व्यक्तिविरुद्ध समितिमा ९ वटा उजुरी दर्ता भएका छन्। समितिले उजुरीकर्तासँग मंसिर २४ गते छलफल गर्ने भएको छ। सुनुवाई समितिबाट नाम पारित भएपछि मात्र नियुक्ति र सपथ हुनेछ।
प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार