विराटनगर आगलागी : उपचारका क्रममा थप एक जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
बुधबार साँझ सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएकी सुशीला पासवाको मृत्यु भएको हो।
काठमाडौं, मंसिर २१ : बुधबार दिउँसो विराटनगर महानगरपालिका–७ स्थित कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएकी सुशीला पासवाको मृत्यु भएको हो।
योसँगै सो आगलागीमा परी मृत्यु हुनेको संख्या संख्या तीन पुगेको छ। बुधबार नै घटनास्थलमै ६५ वर्षीय सुनिता कामतको मृत्यु भएको थियो भने कवाडीका सञ्चालक ३५ वर्षीय दीपक मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सो आगलागीमा परी घाइते भएका ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रिता सरदारको बर्न अस्तालमा उपचार भइरहेको छ।
बिजुली सर्ट हुँदा भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार