Kathmandu Press

इन्टरपोलबाट फर्किए आईजीपी कुँवर

मंसिर १२ देखि १५ गतेसम्म संचालन भएको महासभामा सहभागी भई आईजीपी कुँवर र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोली बिहीबार स्वदेश फर्किएको हो।
इन्टरपोलबाट फर्किए आईजीपी कुँवर

काठमाडौं, मंसिर २१ : प्रहरी महानिरीक्षक बसन्त कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

मंसिर १२ देखि १५ गतेसम्म संचालन भएको महासभामा सहभागी भई आईजीपी कुँवर र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोली बिहीबार स्वदेश फर्किएको हो।

Hardik ivf

टोलीलाई प्रहरी अतिक्ति महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

महासभामा प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका प्रिसिडेन्ट र जेनेरल सेक्रेटरीबिच भेटवार्ता भएको थियो।

त्यसैगरी इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी भएको उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा सहभागिता जनाएको थियो।

इन्टरपोलको ग्लोबल आउटरिच एन्ड रिजनल सर्पोटका प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र युएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम छ।

 

प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्