Kathmandu Press

प्रधानमन्त्री दाहाल र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेट

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचरबीच बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हाे।
प्रधानमन्त्री दाहाल र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेट

काठमाडौं, मंसिर २१ : नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचरबीच बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ।

दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर बुधवार बिहान नेपाल आएकी थिइन्।  

 

प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्