Kathmandu Press

बालकृष्ण खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ हुने

उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा मंसिर १५ गते राय बाझिएको निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो।
बालकृष्ण खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ हुने

काठमाडौं, मंसिर २१ : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ।

उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा मंसिर १५ गते राय बाझिएको निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो।

Hardik ivf

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी र ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका थिए।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मङ्सिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ।

अदालतले  उक्त विवादमा नौजना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो।

यस्तै लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो।

 

प्रकाशित मिति: ०८:२९ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्