Kathmandu Press

आरतीका श्रीमानलाई थुनामा राख्न सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरती साहका श्रीमान् साहलाई थुनामा पठाउने आदेश दिएको हो।
आरतीका श्रीमानलाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर २० : सर्वोच्च अदालतले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन बुधबार आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएको हो। आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्।

Hardik ivf

उनका श्रीमान साहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गत १ असारमा जिल्ला अदालत धनुषामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै छाडेको थियो।

सर्वोच्चको आदेशपछि अब साह मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ। आरतीका माइती पक्षले आरतीका परिवारविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।

 

प्रकाशित मिति: १९:११ बजे, बुधबार, मंसिर २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्