Kathmandu Press

विराटनगर आगलागीका ४ घाइतेलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

विराटनगर–६ की ६० वर्षीया रीता सरदार, ६५ वर्षीय सुशीला पासवान र किशोर कामत तथा कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतलाई बुधबार साँझ सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मोरङ प्रहरीले जानकारी दिएको छ।
विराटनगर आगलागीका ४ घाइतेलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, मंसिर २० : विराटनगर महानगरपालिका–७ स्थित जलजला मोडमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

थप उपचारका लागि विराटनगर–६ की ६० वर्षीया रीता सरदार, ६५ वर्षीय सुशीला पासवान र किशोर कामत तथा कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतलाई बुधबार साँझ सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मोरङ प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई किर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बुधबार दिउँसो लागेको आगलागमीमा परी २ जना एको मृत्यु भएको थियो। जसमध्ये एक जनाको घटनास्थलमै र एक जनाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

न्युरो अस्पतालमा मृत्यु हुने कवाडीका सञ्चालक ४० वर्षीय दीपक मण्डल रहेको र घटना स्थलमै मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्