एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
बैठकले प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने बताउँदै यसको ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।काठमाडौं, मंसिर २० : एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रिया रोक्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।
समितिको बुधबार बसेको बैठकले मलेसियाको कम्पनी आजियटाले आफूसँग रहेको एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने भन्दै अनुसन्धान नहुँदासम्म सेयर खरिदबिक्रीसम्बन्धी प्रक्रिया रोक्ने सरकारलाई निर्देशन दिएको हो।
बैठकले प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने बताउँदै यसको ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको बैठकले यो विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको छ।











-(1)-1752494016.png)