Kathmandu Press

‘एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक र जालसाजीपूर्ण छ’

सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानविन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने उनले उल्लेख गरे।
‘एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक र जालसाजीपूर्ण छ’

काठमाडौं, मंसिर २० : नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजीपूर्ण र रहस्यमय भएको बताएका छन्।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस विषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताए।

सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानविन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने उनले उल्लेख गरे।

प्रवक्ता सापकोटाले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि समय समयमा समिक्षा गर्नुपर्ने जिकिर गरे। उनले जनतालाई भ्रममा पारेर व्यवस्थाविरुद्धको आन्दोलन सफल हुन नसक्ने दाबी पनि गरे।

वर्तमान सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको जिकिर उनको थियो।

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्