जसपाले बोलायो कार्यकारिणी समिति बैठक
जसपाले मंसिर २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो।
काठमाडौं, मंसिर २० : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
जसपाले मंसिर २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो। बैठक पार्टी कार्यलय बालकुमारीमा बस्ने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनाए।
उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो।
प्रकाशित मिति: १६:०३ बजे, बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)