Kathmandu Press

विराटनगर कवाडी गाेदाममा आगलागी : घाइते एक जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

बुधबार दिउँसो गोदाममा एक्का आगलागी हुँदा घाइते भएका घाइते भएका ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
विराटनगर कवाडी गाेदाममा आगलागी : घाइते एक जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

मोरङ, मंसिर २० : विराटनगर महानगरपालिका–७ स्थित जलजला मोडमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका एक जनाको मृत्यस भएको छ।

बुधबार दिउँसो गोदाममा एक्का आगलागी हुँदा घाइते भएका घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। उनको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सो आगलागीमा परी ५ जना घाइते भएका थिए। जसमध्ये ४ जनालाई न्युरो अस्पताल र १ जनालाई कोशी अस्पताल उपचारका लागि लगिएको थियो।

प्रहरीका अनुसार न्युरो अस्पतालमा उपचार गराइहेका ३ जनाको अवस्था पनि गम्भीर रहेको छ।

अहिले पनि आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको प्ररहीले जनाएको छ। आगो निभाउन विराटनगर महानगरका २ वटा, सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको टोली खचिएको छ।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्