Kathmandu Press

विराटनगरमा कवाडी गोदममा आगलागी, ५ जना घाइते

घाइतेमध्ये ४ जनालाई न्यूरो अस्पताल र एक जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
विराटनगरमा कवाडी गोदममा आगलागी, ५ जना घाइते

मोरङ, मंसिर २० : विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा बुधबार आगलागी भएको छ। एक्कासी लागेको आगोबाट ५ जना घाइते भएका छन्।

अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगो निभाउन विराटनगर महानगरका २ वटा, सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको टोली खचिएको छ।

घाइतेमध्ये ४ जनालाई न्यूरो अस्पताल र एक जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्