जनजीविका र राष्ट्रियताकाे मुद्दा लिएर सडक संघर्ष गर्ने तयारीमा राप्रपा
अबको केही दिनमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडक संघर्षमा आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनजीविका, राष्ट्रियता र आफ्ना मूल मुद्दालाई लिएर सडक संघर्ष गर्ने तयारीमा जुटेको छ।
अबको केही दिनमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडक संघर्षमा आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष लिङ्देनले मंसिर ७ गतेको आन्दोलन कार्यक्रमलाई पार्टीले सर्तकतापूर्वक हेरेको भन्दै निकट भविष्यमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दा सँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यक्रमको तयारीमा जुटिरहेको बताएका हुन्।
‘मंसिर ७ गतेको कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्तकतापूर्वक हेरिराखेको छ। हामीले कसैलाई जाउ पनि भनेको थिएनौं नजाउ पनि भनेको थिएनौं,’ उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले निकट भविष्यमै जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दा सँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यत्रम तयार गर्दैछ।’
अध्यक्ष लिङ्देनले राप्रपा छुट््टै राजनीतिक पार्टी भएकोले अस्थिरता र अराजकतामाथि आफ्नो कुनै भविष्य नखोज्ने तर्क गरे। आफूहरुले अरु कसैको आन्दोलनलाई विरोध वा समर्थन गर्न हत्तार नगर्ने उनको भनाइ थियो ।
‘हाम्रो पार्टी राप्रपा एउटा छुट््टै राजनीतिक पार्टी हो । यसले अस्थिरता अराजकतामाथि आफ्नो कुनै भविष्य खोज्दैन। हामीले अरुले गर्ने आन्दोलनलाई विरोध वा समर्थन गर्न त्यस्तो हत्तार गर्नु पर्ने कुरा छैन,’ अध्यक्ष लिङ्देनले भने।











-(1)-1752494016.png)