सरकारलाई एनसेलको जवाफ– कानुन पालनामा कटिबद्ध छौं
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।-1701853061.jpg)
काठमाडौं, मंसिर २० : एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको आशंका गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।
आजियाटाले सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा चौतर्फी प्रश्न उठेपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।
पूँजीगत लाभकर छलि गरेको भन्दै प्रश्न उठेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बुधवार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका थिए।
खरिद मूल्यभन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको सेयर बिक्री गरेको सार्वजनिक गरे पछि प्राधिकरणले मङ्सिर १५ गते एनसेललाई सेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरण अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल सो कागजातहरू संकलन गरी दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने समेत जानकारी गराएको छ।
एनसेलको सेयर बिक्रीको विषयमा छानबिन गर्ने सरकारको तयारी छ।











-(1)-1752494016.png)