Kathmandu Press

एनसेलको शेयर खरिद–ब्रिकीमा अनियमित भएको भन्दै छानविन गर्न रास्वपाको माग

बुधबार सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।
एनसेलको शेयर खरिद–ब्रिकीमा अनियमित भएको भन्दै छानविन गर्न रास्वपाको माग

काठमाडौं, मंसिर २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनसेलको शेयर खरिद ब्रिकीमा अनियमित भएको भन्दै निष्पक्ष छानविनको माग गरेको छ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।

‘एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको छ। एजियाटा कम्पनिले जुन खालको नेपालको बारेमा अभिव्यक्ति दिएको छ त्यसले भोलि नेपालका लगानीको वातावरण कसरी बन्छ?,’ रास्वपा सांसद विराजभक्त क्षेष्ठले भने।

एउटा कम्पनीको एक जना व्याक्तिले देशमा लगानीको वातारवण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न समेत गरेका छन्।

रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ।  

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्