Kathmandu Press

एमालेको संकल्प यात्रा बाग्लुङ जाँदै

मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै जनताकाका समस्या सुन्न हिँडेको टोली बुधवार बागलुङ पुग्ने र बिहिवारसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ।
एमालेको संकल्प यात्रा बाग्लुङ जाँदै

कास्की, मंसिर २० : नेकपा एमालेले यही मंसिर १४ गतेबाट सञ्चालन गरिरहेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राको सातौँ दिन आज बागलुङ प्रवेश गर्दैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै जनताकाका समस्या सुन्न हिँडेको टोली बुधवार बागलुङ पुग्ने र बिहिवारसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ।

अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ।

आज गलकोटसम्म हुने सङ्कल्पयात्रा भोलि दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रूपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ।

मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ।

 

प्रकाशित मिति: ११:१५ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्