वीर अस्पतालबाट हटाइएका निर्देशक पौडेलको रिटमा सुनुवाई हुँदै
रिटमा प्रारम्भिक सुनुवाई भएपछि हटाउने गरी भएको मन्त्रालयको आदेश रोक्ने वा नरोक्ने भन्ने बिषयको टुंगो लाग्ने छ।
काठमाडौं, मंसिर २० : वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलले दायर गरेको रिटमा सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तय भएको छ।
गत मंसिर १७ गते स्वास्थ्य मन्त्रालयले पौडेललाई निर्देशकबाट हटाएको थियो। उनलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो।
पौडेलले गत सोमबार आफूलाई पूरा समय काम गर्न नदिई सरुवा गरिएको बताउँदै मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन्।
उक्त रिटमा प्रारम्भिक सुनुवाई भएपछि हटाउने गरी भएको मन्त्रालयको आदेश रोक्ने वा नरोक्ने भन्ने बिषयको टुंगो लाग्ने छ।
प्रकाशित मिति: १२:२६ बजे, बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)