न्यूरोडको सुन पसलमा छापा, ५ किलो सुन बरामद
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले ‘ओमपाल गोल्ड शप’ मा छापा मारेको जनाइएको छ।
काठमाडौं, मंसिर २० : न्यूरोडको एक सुन पसलमा छापा मारेर प्रहरीले पाँच किलो सुन बरामद गरेको छ।
प्रहरीले मंगलबार राति छापा मारी उक्त सुन बरामद गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले ‘ओमपाल गोल्ड शप’ मा छापा मारेको जनाइएको छ।
प्रहरीले सुनसहित सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । बरामद सुन र सञ्चालकका बिषयमा अनुसन्धान भइरहको छ ।
प्रकाशित मिति: १२:०२ बजे, बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)