Kathmandu Press

निजी क्षेत्रको लगानीले मुलुकको आर्थिक क्षेत्रमा सन्तुलन : उपसभामुख

उनले युवाहरुलाई उद्यमी बनाउनका लागि सरकारले त्यहीअनुसारको विधेयक र सहज वातावरण बनाउनु पर्ने पनि बताइन्।
निजी क्षेत्रको लगानीले मुलुकको आर्थिक क्षेत्रमा सन्तुलन : उपसभामुख

काठमाडौं, मंसिर २० : उपसभामुख इन्दिरा रानामगरले निजी क्षेत्रको लगानीले मुलुकको आर्थिक क्षेत्रलाई सन्तुलनमा ल्याएको बताएकी छन्।

आज राजधानीको ठमेलमा होटल कैलाश कुटी सञ्चालनको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले देश सरकार एक्लैले चलाएर नचल्ने भएको निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको भनाइ राखिन्।  

‘देश सरकारले चलाएर मात्रै हुने होइन, निजी क्षेत्रले लगानी गरेर यो देशमा सन्तुलनमा ल्याएको छ,’ उनले भनिन्, ‘सम्पूर्ण व्यापारीलाई भन्न चाहन्छु नेताहरुसँग समय बिताउनु भन्दा उनीहरुलाई खुवाउनुभन्दा कर तिर्नु। हामी बजेट भएन भन्छौ तर त्यो बजेट कहाँबाट आउँछ त्यो बुझ्नु पर्छ।’

उनले युवाहरुलाई उद्यमी बनाउनका लागि सरकारले त्यहीअनुसारको विधेयक र सहज वातावरण बनाउनु पर्ने पनि बताइन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीका लागि नेपालमा जस्तो अवसर अरु कुनै देशमा नभएको भन्दै नकारात्मक पक्ष मात्रै नहेर्न आग्रह गरे।

परम्परागत रुपमा भएका नियम कानुनहरु सच्चाएर नयाँ पद्धतिमा जानुपर्ने भन्दै उनले त्यसमा निजी क्षेत्र सहयोग गर्न तयार रहेको पनि भनाइ राखे।

प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्