Kathmandu Press

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रस्तावित विधेयकमाथि छलफल

समिति सभापति जयन्ती राईले सदस्यहरुले दिएका सुझाव र उठान गरेका प्रश्नमा समितिले सरकारलाई दिने निर्देशन तयार पारेको बताइन्।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रस्तावित विधेयकमाथि छलफल

काठमाडौं, मंसिर २० : राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रस्तावित विधेयकमाथि सरकारलाई विभिन्न सुझाव दिने निर्णय गरेको छ।
 
समितिका सदस्य सांसदहरुको सुझावका आधारमा विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा सभाका पदाधिकारी चयनका विभिन्न प्रक्रिया समेटेको हो।

समिति सभापति जयन्ती राईले सदस्यहरुले दिएका सुझाव र उठान गरेका प्रश्नमा समितिले सरकारलाई दिने निर्देशन तयार पारेको बताइन्।

विधेयकमा प्रधानमन्त्री कुलपति, उपकुलपति विश्वविद्यालयको प्रमुख, विश्वविद्यालयको दीक्षान्त समारोहको अध्यक्षता कुलपतिले गर्ने र आवश्यकताअनुसार निर्देशन दिनेसहितको व्यवस्था प्रस्ताव गरिएको जानकारी उनले दिइन्।

विश्वविद्यालयको कार्यकारी हैसियतमा कार्यसम्पादन गर्न विश्वविद्यालयमा एक जना उपकुलपति हुने र उनको कार्यकाल चार वर्ष रहने प्रावधान अघि सारिएको छ।

पदाधिकारीलाई ‘कुलपति, सहकुलपति र उपकुलपति’ भनिने परम्परागत शब्द शैलीलाई फेरेर अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष राखिनुपर्ने पनि सदस्यहरुले बैठकमा उठाएका थिए।

राष्ट्रिय सभाअन्तर्गत विधेयक शाखाका उपसचिव नुमराज खनालले  विश्वविद्यालयको सभाका पदको व्यवस्थामा परिमार्जनका आएका समितिले ग्रहण गरेको छ।

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्