एनसेलको सेयर बिक्री शंकास्पद रहेको गठबन्धनको निष्कर्ष, छानविन गर्न सरकारलाई सुझाव
बैठकले दर्ता भएका कम्पनीहरु नेपालको कानुनअनुसारै सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको छ।काठमाडौं, मंसिर १९ : एनसेलको सेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष सत्तारुढ गठबन्धनले निकालेको छ।
प्रधानमन्त्रीको आव्हानमा मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो निष्कर्ष निकालेको छ।
बैठकले यसको गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। बैठकले दर्ता भएका कम्पनीहरु नेपालको कानुनअनुसारै सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकले एनसेलको सेयर किनबेचमा नेपालको कानुन पालना भए–नभएको छानबिन गर्न सरकारलाई सुझाव दिएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ तथा लोपसा अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी थिए।
अर्थमन्त्री प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङलगायत विभिन्न विभागीय कर्मचारीहरु पनि सहभागी छन्।