Kathmandu Press

नेकपा एसको केन्द्रिय कमिटी बैठक पुस ९ बाट

सचिवालय बैठकले महाधिवेशनको तयारी स्वरुप पार्टीको सचिवालयको बैठक मंसिर २८, २९ गते र स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटिका बैठकहरु पुष ९, १० र ११ गते गर्ने निर्णय गरेको नेता गंगालाल तुलाधरले जानकारी दिए।
नेकपा एसको केन्द्रिय कमिटी बैठक पुस ९ बाट

काठमाडौं, मंसिर १९ : नेकपा एकीकृत समाजवादी पार्टीले पुस ९ गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ।

काठमाडौंमा आज बसेको सो पार्टीको सचिवालय बैठकले महाधिवेशनको तयारी स्वरुप पार्टीको सचिवालयको बैठक मंसिर २८, २९ गते र स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटिका बैठकहरु पुष ९, १० र ११ गते गर्ने निर्णय गरेको नेता गंगालाल तुलाधरले जानकारी दिए।

‘विधानका मस्यौदाहरुमाथि गहन रुपमा छलफल गर्छौ, पार्टी कमिटीले गरेका फैसलाको आधारमा पार्टीको दस्तावेज पठाउँछौं,’ उनले भने, १माघको १२ गतेसम्ममा त्यसमा सुझाव आएपछि, माघको १४, १५ गते दुईदिन राष्ट्रिय सम्मेलन गर्छौं।’

बैठकले अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा सचिवालयका सदस्यहरु, पार्टी पदाधिकारी र सबैको प्रतिनिधित्व रहने गरी २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ।

त्यस्तै महाधिवेशनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा व्यवस्थापन कमिटी र विधान मस्यौदा तयार गर्न उपाध्यक्ष वेदुराम भुषाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको  तीन सदस्यीय विधान मस्यौदा कमिटी बनाउने निर्णय गरेको तुलाधरले जानकारी दिए।

 

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्