Kathmandu Press

‘कांग्रेस एकजुट भए चुनावमा एक्लै बहुमत ल्याउँछ’

उनले कांग्रेस एक्लैले बहुमतको सरकार बनाएको अवस्थामा मात्र जनताले चाहेको जस्तै गरी संविधान कार्यान्वयनमा काम गर्न सकिने पनि बताए।
‘कांग्रेस एकजुट भए चुनावमा एक्लै बहुमत ल्याउँछ’

ओखलढुंगा, मंसिर १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ता एकजुट भएर काम गरे आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने बताएका छन्।

मंगलबार ओखलढुंगामा आयोजित कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन कार्यक्रमा कांग्रेस सभापति देउवाले उक्त भनाई राखेका हुन्। उनले कांग्रेस एक्लैले बहुमतको सरकार बनाएको अवस्थामा मात्र जनताले चाहेको जस्तै गरी संविधान कार्यान्वयनमा काम गर्न सकिने पनि बताए।

‘अहिलेको संविधानमा अहिलेनै एउटै पार्टीले मात्रै बहुमतको सरकार बनाउने अवस्था छैन,’ देउवाले भने, ‘तैपनि हामी कांग्रेसमा सबै जना एकजुट भयौँ भने भोलि पार्टीले एकल बहुमत ल्याएर अझ कांग्रेसले जनताले चाहेका कुराहरू गर्न सक्नेछ।’

सभापति देउवाले मुलुक संघीयतामा गए पनि सबैको चाहना र भावनाबमोजिमको विकास गर्न नसकेको थियो। आदिबासी जनजाति, महिला सबैले चाहेकोजस्तो विकास गराउन प्रयास गरिरहे पनि सबैको साझा अपनत्वसहितको देश निर्माण र विकासको काम बाँकी नै रहेको उनले बताए।

अहिले कांग्रेसको मात्रै सरकार बन्ने अवस्था नरहेको बताउँदै सभापति देउवाले मुलुक संघीयतामा गइसकेपछि पनि समानुपातिक र समावेशी विकासको अवधारणा स्थापित हुन बाँकी नै रहेको उल्लेख गरे।

ओखलढुंगा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक जिल्ला भएको बताउँदै उनले ओखलढुंगामा पार्टीको आफ्नै भवन बनाएको नेता कार्यकर्ताहरूलाई बधाई र धन्यवाद समेत दिएका थिए।

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्