एनसेलको शेयर बिक्री विवादमा छलफल गर्न प्रधानमन्त्रीले डाके गठबन्धन बैठक
प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाए अनुसार आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।
काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्री विवादमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक डाकेका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाए अनुसार आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मंगलबार महोत्तरी पुगेका प्रधानमन्त्री प्रचण्ड बैठकका लागि काठमाडौँ फर्कँदै छन् ।
प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)