Kathmandu Press

क्रोएसिया पठाउने भन्दै १२ करोड ठगी, न्यायका लागि सरकारसँग आग्रह

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
क्रोएसिया पठाउने भन्दै १२ करोड ठगी, न्यायका लागि सरकारसँग आग्रह

काठमाडौं, मंसिर १९ : क्रोएसिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरुले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

१५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ।

ठगिनेहरु अधिकांश युवायुवतीहरु रहेको बताइएको छ । गोकुलबहादुर कार्कीमार्फत रानामगरले दोलखाका युवायुवतीमार्फत पैसा उठाएको पीडितहरुको गुनासो छ।

पत्रकार सम्मेलनमा कार्कीले आफूसँग भिसामात्रै नभएर जहाजको टिकटपनि भयो अब काम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्डपनि सुरक्षित रहेको बताएका छन्।

दोलखाबाट मात्रै रानामगरले २ करोड रुपैयाँ पैसा असुली गरेको कार्कीको भनाई छ। क्रोएशिया पठाईदिने भन्दै आफूहरुसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको पीडित बलराम पराजुलीले बताए।

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्