एनसेलको सेयर खरिद–बिक्री विवादमा छलफल गर्न लेखा समितिले डाक्यो बैठक
एनसेलको सेयर खरिद–बिक्रीमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएका कारण विवादको रुप लिएको हो।
काठमाडौं, मंसिर १९ : एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बुधबार दिउँसो बैठक डाकेको छ।
सिंहदरबारस्थित समितिको बैठक हलमा छलफलका लागि बुधबार दिउँसो २ बजे समय तय भएको छ। एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा विक्री गर्न एनसेलकै साझेदार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने गरी सहमति भएपछि विवादको रुप लिएको छ।
एनसेलको सेयर खरिद–बिक्रीमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएका कारण विवादको रुप लिएको हो। लेखा समितिको वैठकले प्रारम्भिक छलफलबाट एउटा निचोडमा पुग्ने जनाइएको छ।
प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)