Kathmandu Press

रुकुमको सोती हत्या प्ररकणको सुनुवाइ सकियो, आजै फैसलाको तयारी  

रुकुम जिल्ला अदालतका न्यायाधीश डा.खड्कबहादुर केसीको इजलासमा बादी, प्रतिवादी र जाहेरकर्ताका कानुन व्यवसायीले बहस सकेका हुन्।
रुकुमको सोती हत्या प्ररकणको सुनुवाइ सकियो, आजै फैसलाको तयारी  

सुर्खेत, मंसिर १९ : अन्तरजातीय विवाह प्रकरणमा ६ जनाको हत्या भएको रुकुमको सोती घटनाको मुद्दामा मंगलबार सुनुवाई सकिएको छ। 

रुकुम जिल्ला अदालतका न्यायाधीश डा.खड्कबहादुर केसीको इजलासमा बादी, प्रतिवादी र जाहेरकर्ताका कानुन व्यवसायीले बहस सकेका हुन्। आइतबारदेखि अन्तिम सुनुवाई भएको उक्त मुद्दामा कानुनव्यवसायीले निरन्तर वहश गरी आफ्नो दाबी पेश गरेका थिए। जबाफी बहस सकिएका कारण मंगलबार बेलुकासम्म फैसला आउने सम्भावना रहेको जनाइएको छ। 

२०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषयमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। हत्यापछि मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो। उक्त घटनामा १२ जना घाइते भएका थिए। यसपल्ट निरन्तर सुनुवाई गरी फैसला गर्ने तयारी गरिएको छ। उक्त प्ररकणमा ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

यी प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ। अभियुक्तमध्ये जिल्ला अदालतबाट २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छुटेका छन्। 
 

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्