Kathmandu Press

सेयर खरिदबिक्री प्रकरण : एनसेल कार्यालयअगाडि अनेरास्ववियुको प्रदर्शन 

सेयर खरिदबिक्री प्रकरण : एनसेल कार्यालयअगाडि अनेरास्ववियुको प्रदर्शन 

काठमाडौं, मंसिर १९ : नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ।

अनेरास्ववियुले मंलगबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको  कार्यालय अगाडि प्रदर्शन गरेको हो।  

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए। सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए। 
 

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्