Kathmandu Press

सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिले राहुल महरासँग बयान लिँदै

राहुलसँग उच्चस्तरीय छानबिन समितिको कार्यालयमा सिंहदरबारमा बयान लिने तयारी भइरहेको छ।
सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिले राहुल महरासँग बयान लिँदै

काठमाडौं, मंसिर १९ : विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुलसँग खाज बयान लिइँदैछ।

सो सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले राहुललाई आज बयानका लागि बोलाएको छ। राहुललाई बयानका लागि उपलब्ध गराइदिने समितिले केन्द्रीय कारागार, सुन्धारालाई आग्रह गरेको छ।

राहुलसँग उच्चस्तरीय छानबिन समितिको कार्यालयमा सिंहदरबारमा बयान लिने तयारी भइरहेको छ।

भेपमार्फत ९ किनो सुन तस्करी गरेको अरोपमा उनाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १३ भदौमा पक्राउ गरेको थियो।

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्