Kathmandu Press

टिकटक प्रतिबन्धको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।
टिकटक प्रतिबन्धको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं, मंसिर १९ : सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ।

यसअधि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सनुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

पारिवारिक र सामाजिक सद्भाव विथोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो।

पछि विभिन्न राजनीतिक दलका नेताहरुले टिकटकमाथिको प्रतिबन्ध लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना गरेका थिए।

सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

सरकारको सो निर्णयले नागरिकको संवैधानिक अधिकार हनन गरेको भन्दै अन्य १३ वटा रिट समेत परेका थियो।

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्