Kathmandu Press

नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशन मिति तय हुने

यसअघि सोमबार बसेको बैठकमा महाधिवेशन सार्ने सहमति भएको थियो भने आजको बैठकले महाधिवेशन मिति तय गर्ने बताइएको छ।
नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशन मिति तय हुने

काठमाडौं, मंसिर १९ : नेकपा एकीकृत समाजवादी (एस) सचिवालय बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको मिति तय गर्न आज बैठक बस्न लागेको  पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

यसअघि सोमबार बसेको बैठकमा महाधिवेशन सार्ने सहमति भएको थियो भने आजको बैठकले महाधिवेशन मिति तय गर्ने बताइएको छ।

आजको बैठकमा अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: १०:२९ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्