Kathmandu Press

नेकपा एसको महाधिवेशन सर्ने निश्चित, मिति भोलि तय हुने

सोमबारबाट सुरु भएको सचिवलायन बैठकमा महाधिवेशन सार्ने विषयमा सहमति भएको हो।
नेकपा एसको महाधिवेशन सर्ने निश्चित, मिति भोलि तय हुने

काठमाडाैं, मंसिर १८ : नेकपा एकीकृत समाजवादीको महाधिवश सर्ने भएको छ। सोमबारबाट सुरु भएको सचिवलायन बैठकमा महाधिवेशन सार्ने विषयमा सहमति भएको हो।

नेकपा एसले माघ १४–१८ गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो।

जाजरकोट भूकम्पपीडितको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न लागिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

महाधिवेशनको मिति भोलिको बैठकमा तय हुने खतिवडाले बताए। उनले महाधिवेशनमा पेश गरिने दस्तावेजहरु पनि तयार हुन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा सदस्यता नवीकरणमै समस्या रहेकोले महाधिवेश सारिएको बताए।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको खतिवाडले बताए।

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।

प्रकाशित मिति: १९:२० बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्