Kathmandu Press

‘शिक्षा जागिर खान चाहिने प्रमाणपत्र मात्रै हुनुहुँदैन’

उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकतामा जोड दिइन्। गुणस्तरीय शिक्षाले रोजगारकेन्द्रित जनशक्ति मात्रै नभइ उद्यमी पनि उत्पादन गर्ने उनले बताइन्।
‘शिक्षा जागिर खान चाहिने प्रमाणपत्र मात्रै हुनुहुँदैन’

काठमाडौं, मंसिर १८ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षाको गुणस्तर रोजगारी दिलाउन प्रमाणपत्र दिने मात्र नभई उद्यमी बन्ने जनशक्ति पनि उत्पादन गर्ने प्रकारको हुनुपर्ने बताएकी छन्।

काठमाडौंमा आयोजित शिक्षा विधेयकमाथिको छलफलमा उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकतामा जोड दिइन्। गुणस्तरीय शिक्षाले रोजगारकेन्द्रित जनशक्ति मात्रै नभइ उद्यमी पनि उत्पादन गर्ने उनले बताइन्।

‘शिक्षामा आमूल परिवर्तन चाहिन्छ । केन्द्रविन्दु गुणस्तरलाई मानिनुपर्छ,’ उनले भनिन्, ‘अब विद्यार्थीको शिक्षाको गुणस्तर र रोजगारी मात्र खोज्ने होइन कि उद्यमी बन्ने पनि हुनुपर्छ।’

शिक्षा क्षेत्रलाई राजनीतिले बिगारेको उनले टिप्पणी गरिन् । स्थानीय तहमा शिक्षक सरुवामा एकदम धेरै राजनीतिकरण हुने गरेको दाबी उनले गरिन्। उनले भनिन्, ‘स्थानीय सरकारमा स्थायी शिक्षकले राहत शिक्षकलाई हेप्ने भइरहेको छ। एउटा शिक्षक सरुवामा एकदम राजनीतिक लाइन लाग्ने प्रधानाध्यापकलाई चाहिने सुविधा नदिने, अधिकार पनि नदिने भइरहेको छ।’

उनले कुनै पनि शिक्षकले अधिकार माग्न काठमाडौं माइतीघर मण्डलामा आउनुपर्ने बाध्यता गराउन नहुने टिप्पणी गरिन्।  

 

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्