Kathmandu Press

विप्लवसहित केही उच्च नेताविरुद्ध पक्राउ पुर्जी जारी

विप्लवसहित केही उच्च नेताविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, मंसिर १८ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'सहित केही उच्च नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

जिल्ला अदालत काठमाडौंले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हाे।

उक्त अदालतमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। गत मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) अनुसार  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: १७:१० बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्