भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु
अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८स्५५ बजे सो दुर्घटना भएको हो। पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन्।
मेडक, मंसिर १८ : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ।
दुईजना भारतीय वायुसेना (आइएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो। पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन्।
एसपी रोहिणीले दिएको जानकारी अनुसार 'यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ।' दुर्घटनाबारे अनुसन्धान जारी छ।
प्रकाशित मिति: १४:४९ बजे, सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











