मुगुलगायत हिमाली जिल्लामा हिमपात [तस्बिरहरू]
![मुगुलगायत हिमाली जिल्लामा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/himpat-1701675170.jpg)
काठमाडौं, मंसिर १८ : आइतबार रातिदेखिको अविरल वर्षाका कारण मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको छ। मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थलमा बन्द भएको छ भने हिँउ पर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन्।
मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु,डोल्फु,किम, मह, दाउरा, सेरोक बस्ती, सोरु गाउँपालिकाको सोरुकोट, धैन, रुम, खत्याड गाउँपालिकाको खमाले,सेरि,श्रीकोट, लुमेरा लगायतका बस्तीहरुमा हिउँ परेको छ भने छायानाथ रारा नगरपालिकाको बाम ,थार्प ,पिना ताल्चा, तुम, रोवा ,सोभा लगाएतका बस्तीहरुमा बाक्लो हिमपात भएको छ।
गत वर्षभन्दा यो वर्ष हिउँ पानी छिटो परेको हो। हिउँ पानी पदा स्थानीय मुगाली कृषकहरू हिउदे बाली जै, गहुँ, उवालगायत अन्य उत्पादनमा राम्रो हुने भएको देखिन्छ। हिउँ पर्दा स्थानिय कृषकहरु खुसी भएका छन् भने गाँउ घरमा बुढाबुढीहरु, बाल बच्चाहरु पशुचौपायालाई चरिचराउन गर्दा निकै समस्या भएको छ भर्ने हिउँ पर्दा आज सोमबार जिल्ला रहेका धेरै जसो सामुदाय विद्यालय र निजी विद्यालय चिसोको कारण बन्द भएका छ भर्ने जिल्लामा रहेका सरकारी कार्यलयहरुमा समेत सेवालिनेहरुलाई समस्या भएको स्थानीय नागरी अगुवा चित्रबहादुर मल्लले बताएका छन्।
हिउँ पानी पदा निकै चिसो बढेको छ। आइतबार राति परेको हिमपात हुँदा जिल्लाको एक मात्र ताल्चा विमान स्थलमा सेवा बन्द भएको हुदा सुर्खेत नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रु अलपत्र परेका छन्। भारी हिमपात भएपनि मानवीय कुनै पनि क्षति नभएको चिसोले जनजिवनमा असरपरेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताएका छन्।
नेपालको सुन्दर अनि ठूलो पर्यटकको केन्द्र रारा ताल अथार्त महेन्द्र ताल गए रातिबाट परेको हिमापातले चाँदीले घेरेको जस्तो सेताम्मे देखिएको छ। रारा घुम्न आएका पर्यटकहरु हिमपात र पानी पर्नाले हवाइ र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै राराबाट घर तर्फ जान हतार गरिरहेको रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले बताए।















