Kathmandu Press

छिटो भूकम्पपीडितलाई छानामुनि ल्याउन सञ्चारमन्त्री शर्माको निर्देशन

जिल्लास्थित विपद् व्यवस्थापनको समूहले सोहीअनुसार जनशक्तिलार्ई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उनले आग्रह गरिन्।
छिटो भूकम्पपीडितलाई छानामुनि ल्याउन सञ्चारमन्त्री शर्माको निर्देशन

रुकुम पश्चिम, मंसिर १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितका अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन र्दिएकी छिन्।

भूकम्पप्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुग्नुभएकी शर्माले भूकम्पपीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइन्।

जिल्लास्थित विपद् व्यवस्थापनको समूहले सोहीअनुसार जनशक्तिलार्ई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उनले आग्रह गरिन्। मन्त्रिपरिषद्ले यसअघि नै प्रावित क्षेत्रमा अस्थायी आवास निर्माणको लािग सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ।

भूकम्पप्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्रलाई पर्खिरहन नपर्ने उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकाबाट प्राप्त हुने पत्र आउँदै गर्छ, भूकम्पप्रभावित क्षेत्रमा काम गर्न पत्रलाई पर्खिरहन आवश्यक नरहेको बताइन्।

‘प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि सरकारका तर्फबाट प्रक्रिया हुँदै गर्छ, जनशक्ति परिचालन गरेर काम गर्दा केही बिग्रिँदैन, बरु जतिसक्दो छिटो अस्थायी आवास निर्माणमा जोड दिनुहोस्,’ उनले भनिन्, ‘विपद्को समयममा सबैको हातेमालो आवश्यक पर्छ, सबैसँग सहकार्य गरेर काम अगाडि बढाउनुहोस्।’

अस्थायी आवास निर्माण ढिलाइ भएको उल्लेख गर्दै उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थायाी आवास निर्माण ढिला नगर्न उनले निर्देशन दिइन्।

 

प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्