Kathmandu Press

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीले भने– तत्काल केही हुनेवाला छैन

उनले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेरको सम्भावना नरहेको प्रष्ट पारेका हुन्।
मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीले भने– तत्काल केही हुनेवाला छैन

काठमाडौं, मंसिर १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल परिर्वतन नहुने स्पष्ट पारेका छन्।

यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेरको सम्भावना नरहेको प्रष्ट पारेका हुन्।

नेपाल फर्किनेबित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि? पत्रकारको प्रश्नमा उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ। तर, तत्काल केही हुनेवाला छैन।’

‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्रीले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’

दहाल प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदैछ।

 

प्रकाशित मिति: २०:४५ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्