नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाए पनि रिहा भएनन् तीन आरोपी
शुक्रबार उच्च अदालत पाटलले धरौटीमा छाड्न आदेश दिएका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसी धरौटी बुझाएर पनि आइतबार रिहा भएनन्।
काठमाडौं, मंसिर १७ : नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी धरौटी बुझाएर रिहा भएनन्।
शुक्रबार उच्च अदालत पाटलले धरौटीमा छाड्न आदेश दिएका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसी धरौटी बुझाएर पनि आइतबार रिहा भएनन्।
उच्च अदालतले महर्जनलाई १५ लाख, मियाँ र केसीले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सोही अनुसार उनीहरुले धरौटी बुझाएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले तीनै जना रिहान नभएको बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ।
प्रकाशित मिति: १९:५६ बजे, आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)