Kathmandu Press

अपांगता भएकाहरुको क्षमता विकास गर्न सरकार प्रतिबद्ध  : मन्त्री गुरुङ

आइतबार काठमाडौंमा आयोजित ३२औँ अपांगता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिहरुको समस्यामा सचेत भई उनीहरुको क्षमता विकासका निम्ति सरकार गम्भीर भएर लागेको बताएकी हुन्। 
अपांगता भएकाहरुको क्षमता विकास गर्न सरकार प्रतिबद्ध  : मन्त्री गुरुङ

काठमाडौं, मंसिर १७ : सहरी विकासमन्त्री सीता गुरुङले अपांगता भएका व्यक्तिहरुको क्षमता विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित ३२औँ अपांगता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिहरुको समस्यामा सचेत भई उनीहरुको क्षमता विकासका निम्ति सरकार गम्भीर भएर लागेको बताएकी हुन्। 

उनले भनिन्, ‘अपांगता भएका व्यक्तिहरुको समस्यामा सरकार गम्भीर भएर लागेको जानकारी गराउन चाहन्छु। नेपाल सरकार तपाईंहरुको एजेण्डामा र क्षमता विकासको निम्ति र के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सचेत छ।’ उनले तीनै तहका सरकारमा समान सहभागिता र पहुँच एवं सबैको जीवन रक्षाका लागि काम गर्ने नीति, ऐन र कानुनहरु अपर्याप्त भएको गुनासो पनि गरिन्। 

मन्त्री गुरुङले अपर्याप्त ऐन कानुनलाई पूर्णता दिंदै संविधानले दिएको कुरालाई स्थापित गर्ने कुरामा सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, ‘राज्यले सरकारको तीनै तहमा समान सहभागिता हरेक ठाउँमा समान पहुँच र सबैको जीवन रक्षाका लागि काम गर्ने नीतिहरु, ऐनहरु र कानुनहरु अलि अपर्याप्त भएका छन्। त्यसलाई हामी पूर्ण बनाउँदैं संविधानले दिएको कुरालाई स्थापित गर्ने कुरामा प्रतिबद्धता छौं।’

मन्त्रालयले अब बन्ने र बनेका सहरहरु समावेशी बन्नु पर्ने भन्दै अपांगता भएकाहरुका लागि सहज आवातजावत गर्न सक्ने बनाइने बताइन्। उनले मन्त्रालयअन्र्तगत बन्ने सबै भवनका संरचनाहरुलाई अपांगतामैत्री बनाउन सबै तहमा कडाईका साथ नियम लागू गर्ने प्रयास भइरहेको पनि बताइन्।

उनले भनिन्, ‘अब बन्ने र बनेका सहरहरु पनि समावेशी बन्नुपर्छ। अपांगता भएका व्यक्तिसहित सबैले सहज रुपमा हिँड्न सक्ने र बस्न सक्ने गरी बन्नुपर्छ भन्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं।’

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्