Kathmandu Press

सरकारको स्वामित्वमा आउन नदिन एनसेलको सेयर बिक्री : अमरेशकुमार सिंह

सरकारको स्वामित्वमा आउन नदिन एनसेलको सेयर बिक्री : अमरेशकुमार सिंह

काठमाडौं, मंसिर १७ : स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको सेयर बिक्री भएको दाबी गरेका छन्। 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदबिक्री भएको दाबी गरेका हुन्। एनसेल खरिदबिक्री युकेमा गरेर नेपालमा तिर्नुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनले बताए।

उनले एनसेलको सेयर ५० मिलियन डलरमा बिक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको जिकिर गरे। सिंहले एनसेलको सेयर बिक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको आरोप लगाउदै नेताहरुलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खरबौं घाटा लागेको तर्क गरे।

उनले एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै अहिले भएको अपारदर्शी खरिदबिक्री  नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्