Kathmandu Press

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागु गर्न सकेनौं’

एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राका क्रममा शनिबार अछामको बयलपाटा अस्पतालको निरीक्षण गर्दै उनले सामुदायिक अस्पतालमा राजनीतिकरण भएका कारण जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताएका हुन्। 
‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागु गर्न सकेनौं’

काठमाडौं, मंसिर १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको स्वस्थ रहन पाउने अधिकार नेपालको संविधान–२०७२ मौलिक हकमा राखिएको भएपनि व्यवहारमा लागू गर्न नसकिएको बताएका छन्।
 
एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राका क्रममा शनिबार अछामको बयलपाटा अस्पतालको निरीक्षण गर्दै उनले सामुदायिक अस्पतालमा राजनीतिकरण भएका कारण जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताएका हुन्। 

उनले भने, नागरिकले उचित स्वास्थ्य सेवान पाउने पर्ने मौलिक हकमा कानुनी व्यवस्था गरेका छौं। तर, मौलिक हकको रुपमा व्यवहारमा लागू गरेका छैनौं। हामीले संविधानमा जे भनेका छौँ मौलिक हकको रुपमा व्यवहारमा त्यो प्रयोग गरेका छैनौं। सामुदायिक अस्पतालमा राजनीतिकरण भयो।’

सामुदायिक र जनतास्तरको अस्पताल भएका कारण बयलपाटाले गति समातेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारले यसस्तरका अस्पतालहरुमा लगानी गर्नुपर्ने उल्लेख गरे।

‘सरकारी अस्पताल मात्र भएको भए यस मोडेलमा अगाडि जान सक्दैन्थ्यो। सामुदायिक र जनतास्तरको सामूदायिक अस्पताल भएकै कारण अगाडि बढ्न सकेको हो। यसस्तरको अस्पतालमा लगानी गरेर सरकारले नागरिकको स्वास्थ्य उपचार पाउने कुरामा ध्यान दिनुपर्छ।’

सरकारले स्वस्थ नेपाल, निरोगी नेपालको नारालाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्