Kathmandu Press

प्रतिगमनको कुरा गर्नेहरु देशद्रोही हुन् : ओली

एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत आइतबार दैलेखको राकम कर्णालीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोहि प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरु देशद्रोही र लोकतन्त्रविरोधी भएको बताएका हुन्।
प्रतिगमनको कुरा गर्नेहरु देशद्रोही हुन् : ओली

दैलेख, मंसिर १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरु देशद्रोही भएको बताएका छन्।

एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आइतबार दैलेखको राकम कर्णालीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरु देशद्रोही र लोकतन्त्रविरोधी भएको बताएका हुन्।

ओलीले लोकतान्त्रीक गणतन्त्रको विरोधमा बोल्नेहरु नेपाल र नेपालीको हितविपरीत भएको जिकिर गरे। उनले विभिन्न प्रकारका भ्रमहरु फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरुप्रति सजग रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए।

ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको विकास अवरुद्ध भएका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको तर्क गरे। उनले एमाले सरकार हटेपछि देशमा अराजकता छाएकाले अब एमालेको एकल सरकार आवश्यक रहेको बताए। ओलीले एमालेले मात्रै देशको विकास गर्न सक्ने र मुलुक विकासको बाटोतर्फ अघि बढाउन सक्ने जिकिर गरे। 

प्रकाशित मिति: १६:२१ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्