Kathmandu Press

कोसीका मन्त्रीहरुकाे कार्यविभाजन, कसलाई कुन मन्त्रालय?

कोसीका मन्त्रीहरुकाे कार्यविभाजन, कसलाई कुन मन्त्रालय?

विराटनगर, मंसिर १७ : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुकाे कार्यविभाजन गरेका छन्। सरकार गठन भएको करिब डेढ महिनापछि आइतबार प्रदेशका मन्त्रीहरुको कार्य विभाजन गरिएको हाे।

कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने आफैंसँग राखेका छन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरुको कार्यविभाजन गरेका हुन्।  एमालेको ३९ जना प्रदेश सांसदहरुको समर्थनमा ७ जना विद्रोही कांग्रेसका सदस्यहरु सहित केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशमा सरकार गठन गरेका थिए।

असोज २८ गते गठन भएको ३ सदस्यीय मन्त्रीपरिषदका रामबहादुर रानाले राजीनामा दिएपछि कोशी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद रहेको छ। 

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्