Kathmandu Press

मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईंकाे घाेषणा

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफुहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिए।
मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईंकाे घाेषणा

काठमाडौं, मंसिर १७ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नागरिक सरकार गठन गर्ने घोषणा गरेका छन्।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफुहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिए।

Hardik ivf

उनले वैदिक सनातन सापेक्ष मुलुक बनाई राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौँको वसन्तपुरमा ज्ञानेन्द्र शाहकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र सहित परिवर्तनको घोषणा गर्ने जिकिर गरे।

महाभियानको दवावमूलक कार्यक्रम आफुहरुको माग पुरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनका लागि भएको उहाले बताए। उनले आफुहरुको यसअघिको आन्दोलन निकै सफल भएको भन्दै अबको आन्दोलन विकेन्द्रित हुने जानकारी दिए।

उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने , अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने लगाएतका मागहरु रहेको बताए।

 

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्