अपांगता भएका व्यक्तिकाे ३२औं अन्तर्राष्ट्रिय दिवस [तस्बिरहरू]
संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेयता हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउन थालिएको हो।![अपांगता भएका व्यक्तिकाे ३२औं अन्तर्राष्ट्रिय दिवस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/foto-final-1701585985.jpg)
काठमाडौं, मसिर १७ : अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवस यही मङ्सिर १७ गते ३ डिसेम्बर तारिखका दिन विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सो अवसरमा आइतबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छ। सो प्रभात फेरि कार्यक्रम भद्रकालीबाट सुरु भई भृकुटीमण्डपमा पुगी औपचारिक कार्यक्रममा रूपान्तरण भएको थियो।

ललितपुर महानगरपालिकामा पनि प्रभातफेरी गरिएको छ। र्याली ललितपुर महानगरको प्रांगणबाट सुरु भई पाटन दरबार क्षेत्रमा गएको थियो। संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेयता हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउन थालएिको हो। अपांगता भएका बहुसंख्यक नेपाली अझै पनि गरिबीको रेखामुनि छन्। सरकारले तथा राजनीतिक दलहरुले उनीहरुलाई न्यायोचित र स्वाभिमानपूर्वक जीवनयापनको अवसर सिर्जना गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र राजनीतिक अधिकारका लागि विशेष ध्यान दिन नसकेको भदै आलोचना हुने गरेको छ।




























-(1)-1752494016.png)