Kathmandu Press

युएईबाट आज स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल

कोप २८ मा प्रधानमन्त्री दाहालले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए।
युएईबाट आज स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, मंसिर २६ : जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन युएई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फकिँदै छन्।

प्रधानमन्त्री दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागि हुन मंसिर १३ गते युएई गएका थिए।

कोप २८ मा प्रधानमन्त्री दाहालले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए।

शनिबार पर्वतीय देशहरुको एजेण्डा उठाउन आयोजित उच्च स्तरीय कार्यक्रममा अध्यक्षता गर्दै ‘हिमालको पुकार ः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने विषयको छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भनेर महासभाको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममो द्वीपक्षीय राजनीतिक र उच्च स्तरीय भेटवार्ताहरु पनि गरेका थिए।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्