Kathmandu Press

बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

मकवानपुर, मंसिर १७ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्।

उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगो लगाउने जनाइएको छ। 

प्रकाशित मिति: ०८:४१ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्